२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले कुनै पनि अवस्थामा निर्वाचनबाट पछि नहट्ने स्पष्ट बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको जिल्ला भेलामा बोल्दै उनले एमाले सधैं चुनावलाई नै लोकतन्त्रको मूल आधार मान्दै आएको उल्लेख गरे।

ज्ञवालीका अनुसार निर्वाचन कसले गराउँछ भन्नेभन्दा पनि वातावरण कस्तो छ भन्ने कुराले बढी महत्व राख्छ। उनले भने, ‘निर्वाचन निष्पक्ष, भयरहित र जनताले स्वतन्त्र रूपमा मतदान गर्न सक्ने वातावरण हुनुपर्छ। एमाले कहिल्यै भागेन, र भविष्यमा पनि भाग्ने छैन।’

उनले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन देशका नागरिकका लागि विश्वासपूर्वक मतदान गर्न सक्ने अवसर बन्नुपर्नेमा सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए।

उनी भन्छन्, महाधिवेशनपछि पुस १ गतेदेखि देशको राजनीतिक दिशानिर्देशन स्पष्ट हुने छ, र एमाले महाधिवेशनको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र समग्र एकता मजबुत बनाउनेतर्फ अघि बढ्नेछ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टराई, तथा जिल्ला अध्यक्ष वचन देउजा लगायतले महाधिवेशनलाई सफल र आकर्षक बनाउन आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय