२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई महत्वपूर्ण खेलसँग थप रोमाञ्चक हुँदै गएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहानदेखि नै प्रतिस्पर्धा तात्ने संकेत छ।

पहिलो खेल बिहान ११ः१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुनेछ। सुदूरपश्चिम अपराजित रहँदै छ खेलमै १२ अंक जोडेर पहिलो क्वालिफायरमा सुरक्षित भइसकेकाले आजको खेल उसका लागि दबाबमुक्त रहनेछ। तर विराटनगरका लागि भने आजको भिडन्त निकै निर्णायक छ।

विराटनगरले ८ अंकसहित प्लेअफमा स्थान बचाइसकेको भए पनि पहिलो क्वालिफायर खेल्न आजको जित अनिवार्यजस्तै छ। राम्रो रनरेटका साथ जित निकाल्न सके विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा उक्लनेछ, अन्यथा लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ।

दिउँसो ३ः३० बजे हुने दोस्रो खेल भने प्लेअफ दौडबाट बाहिरिएका चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको ‘प्रतिष्ठाको प्रतिस्पर्धा’ मात्र हुनेछ। दुवै टोलीले छ खेलबाट चार–चार अंकमै सीमित भएपछि प्लेअफको आशा सकिएको हो।

आजका दुई खेलले पहिलो क्वालिफायरदेखि इलिमिनेटरसम्मको अन्तिम समीकरण झनै स्पष्ट बनाउने भएकाले एनपिएलको माहोल मैदानदेखि दर्शकसम्म अत्यधिक तातिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय