२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू दैनिक सुनकोशी नदी पार गरेर छिमेकी सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्। गत वर्ष असोजको बाढीले ढेबुवा–तीनखण्डे जोड्ने झोलुङ्गे पुल बगाएपछि २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै विद्यालयसम्म पुग्नुपरेको छ।

गाउँमा राम्रो पढाइ हुने विद्यालय नहुँदा ढेबुवा र जेरुङघाटका बालबालिका सिन्धुलीको रत्न गङ्गा मावि र राईगाउँ तीनखण्डेमा पढिरहेका छन्। बाढीले पुल बगाएपछि लामो समय पढाइ अवरुद्ध भएको थियो। केही समयअघि गृहमन्त्रालयले बोट उपलब्ध गराएर फिक्कल गाउँपालिकाको व्यवस्थापनमा विद्यार्थीलाई सुरक्षित रूपमा सुनकोशी पार गराइँदै आएको छ।

रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीका अनुसार बोट सञ्चालन जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माण आवश्यक रहेको छ। “अर्को जिल्ला भए पनि बालबालिका हाम्रो विद्यालयमा पढ्छन्, बाढीले पुल बगाएपछि उनीहरू पढाइबाट वञ्चित भए। विकल्प नहुँदा बोट संचालन भइरहेको छ,” उहाँले बताउनुभयो।

फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गर्दै विद्यार्थी र स्थानीय नागरिकलाई नदी पार गराइँदैछ। बोट सञ्चालनले १० मिनेटको बाटो दुई घण्टा लगाएर आउनुपर्ने समस्या केही सहज बनाएको छ। तर बर्सातको समयमा जोखिम अझै उच्च भएकाले दिगो समाधानका रूपमा पुल निर्माणको माग गरिएको छ।

विद्यार्थीहरू बिहान ५ बजे भेला भएर पालैपालो बोटमा चढ्छन्। उमेर समूहअनुसार अनुशासनमा बस्ने, नहल्लिने निर्देशन दिइन्छ। बोटमा आउने बालबालिकालाई विशेष प्राथमिकतामा राखेर दिउँसो खानपिन र छात्रवृत्तिका कार्यक्रम पनि सञ्चालन गरिन्छ। अभिभावकहरू बालबालिकालाई बोट चढाउँदा नदीपारि पुग्दासम्म, र साँझ फर्काउँदा वारी नआउँदासम्म पिरमा बस्छन्।

स्थानीय समुदायले पुल नहुँदा दैनिकी प्रभावित भएको, घरायसी सामान किन्न डेढ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। स्थानीयले छिटो पुल निर्माण गरी बालबालिकालाई जोखिममुक्त शिक्षा सुनिश्चित गर्न माग गरिरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय