२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई शनिबार ८ विकेटले हराउँदै प्रतिष्ठाका लागि महत्वपूर्ण जित हात पारेको छ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। पोखराका लागि ओपनर एडम रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रन बनाउँदै अर्धशतक पुर्‍याए। अर्जुन कुमालले ५३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित ४३ रन बनाए। रोसिङटन र कुमालले पहिलो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए।

पोखराका कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे। बलिङतर्फ चितवनका सैफ जैब र रिजन ढकालले समान एक/एक विकेट लिए।

यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो। चितवनका लागि देव खनालले ३५ रन र कप्तान कुशल मल्लले २३ रन जोडे। एनपीएलमा पहिलो खेल खेल्दै गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए।

पोखराका धनन्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। साथै विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १/१ विकेट लिए।

पोखराले यस जितसहित ७ खेलबाट ६ अंक जोड्दै पाँचौं स्थानमा लिग समाप्त गरेको छ, जबकि चितवनले ७ खेलमा ४ अंक जोड्न सफल भएको छ। आइतबार हुने लिग अन्तिम खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच अन्तिम स्थान निर्धारण हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय