२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको ठूलो भ्रष्टाचार प्रकरणको निष्कर्ष निकाल्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ। लामो समयदेखि सार्वजनिक रूपमा उठ्दै आएको अनियमिततामाथिको अनुसन्धान सकिँदै आइतबार ५५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो। आयोगका अनुसार यस प्रकरणमा करिब ८ अर्ब रुपैयाँ बराबरको बिगो देखिएको छ।

मुद्दा दायर भएकामध्ये देशका ५ पूर्वमन्त्री, १० पूर्वसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी, र अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेनासँगै उच्च पदस्थ अधिकारीहरू समावेश छन्।

प्रतिवादी सूचीमा परेकामध्ये माओवादी केन्द्रका दिवंगत नेता पोस्टबहादुर बोगटी, कांग्रेसका रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ तथा एमालेका भीम आचार्य उल्लेखनीय छन्। महत अर्थमन्त्रीका रूपमा, अन्य मन्त्रीहरू पर्यटन मन्त्रालयको जिम्मेवारीमा रहँदा भ्रष्टाचारमा संलग्न भएको अभियोग रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना भए पनि, निर्माण प्रक्रियादेखि नै अनियमितताका गम्भीर आरोपहरू लागिरहेका थिए। सार्वजनिक लेखा समितिले पनि विस्तृत छानबिन गर्न निर्देशन दिएपछि अख्तियारले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।

अख्तियारको दाबी अनुसार बिना पर्याप्त अध्ययन प्रतिवेदन, निर्माण लागत बढाउने तरिका, तथा परामर्श र ठेक्का प्रक्रियामा अनियमितताजस्ता विषय मुख्य आधार बनेका छन्। अब विशेष अदालतले प्रतिवादीहरूमाथि कसरी कानुनी प्रक्रिया अघि बढाउने हो, त्यसतर्फ देशको ध्यान केन्द्रित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय