२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा संघर्ष अझै पनि रोकिन सकेको छैन। सोमबार रातभरि दुई देशबीच गोलीबारी र झडप चलेको छ।

कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार, मध्यरातपछि थाई सेनाले बान्टेय मिन्चे प्रान्त नजिकै गोली चलाएको छ। यसैबीच, थाइल्यान्डले आफ्नो भूभागबाट कम्बोडियाली सेनालाई हटाउन कारबाही गरिरहेको जानकारी दिएको छ।

यो आक्रमणमा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको छ। यससँगै पछिल्लो द्वन्द्वमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। झडपमा थाइल्यान्डका एक सैनिक पनि मारिएका छन्।

दुवै देशले एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन्। यो झडप जुलाईमा भएको युद्धविराम पछि दुवै देशबीचको सबैभन्दा गम्भीर संघर्ष मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय