२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

भन्सार ऐनका ‘अव्यवहारिक र अन्यायपूर्ण’ प्रावधानको विरोधमा भन्सार एजेन्ट महासङ्घले सुरु गरेको आन्दोलन आज देशभर तीव्र बनेको छ। महासङ्घको आह्वानपछि सबै भन्सार कार्यालयमा जाँचपास सेवा पूर्ण रूपमा रोकिएपछि आयात–निर्यात कार्य ठप्प भएको छ।

महासङ्घले लामो समयदेखि ऐनका केही प्रावधान संशोधन गर्न माग गर्दै आएको थियो। तर निरन्तर प्रयास र लबिङबाट पनि सरकार गुनासो नसुनेपछि अन्ततः जाँचपास रोक्न बाध्य भएको महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेले बताए।

उनका अनुसार नयाँ ऐनको दफा ७१ (झ) सबैभन्दा विवादास्पद रहेको छ, जसमा विद्युतीय प्रणालीमा कागजात अपलोड गर्दा सामान्य त्रुटि भए पनि जरिवाना लाग्ने प्रावधान रहेको छ। साथै, भन्सार कार्यालयमा सर्भरसम्बन्धी समस्या र पेशागत अधिकारको संरक्षण नभएकोले आन्दोलन चर्कन बाध्य भएको महासङ्घको भनाइ छ।

महासङ्घले चरणबद्ध आन्दोलन अन्तर्गत सोमबार वीरगञ्ज भन्सारमा पेनडाउन सुरु गरेको थियो। माग सम्बोधन नभएपछि आजबाट देशभरका भन्सार कार्यालयका सबै सेवा रोक्दै आन्दोलन विस्तार गरिएको छ।

भन्सार जाँचपास रोकिएपछि देशभर व्यापारिक गतिविधि ठप्प भएको छ र व्यापारिक चहलपहलमा व्यापक असर परेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय