२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मुगु जिल्लामा करिब ९५ प्रतिशत नागरिकले विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति ध्यानाकर्षण गराउन स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई प्रतीकात्मक ‘झरो’ उपहार दिएका छन्।

आशिष देवकोटाको नेतृत्वमा मन्त्रीसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा मुगुको विद्युतिकरण पूर्वाधार विकास नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, करिब ७० हजार जनसंख्या भएको मुगुमा हाल विद्युत् सेवा पाउने संख्या करिब ३,५०० मात्र रहेको छ। बाँकी अधिकांश नागरिक अझै सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा निर्भर छन्।

पत्रमार्फत मुगुलाई विशेष विद्युतिकरण प्राथमिकता क्षेत्रको रूपमा घोषणा गर्न, प्रत्येक घरमा १०० प्रतिशत विद्युत् पहुँच सुनिश्चित गर्न, दिगो वितरण संरचना निर्माणका लागि विशेषज्ञ टोली परिचालन गर्न र राष्ट्रिय ग्रिडसँग वैकल्पिक ऊर्जा स्रोत एकीकृत गर्न आग्रह गरिएको छ।

देवकोटाले भने, “२२औँ शताब्दीमा पनि मुगु अझै अँध्यारोमै छ भन्ने सन्देश मन्त्रीज्यूले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ।”

जवाफमा मन्त्री घिसिङले एक वर्षभित्र मुगु उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय