२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

काठमाडौँ, मंसिर २४ । सरकार र जेनजी संयुक्त जनआन्दोलनबीच तयार हुँदै आएको सम्भावित सम्झौतापत्र अब अन्तिम रूप दिन नजिक पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा दुवै पक्षबीच निरन्तर भइरहेको परामर्शबाट मसौदाको खाका लगभग पूरा भएको सरकारी स्रोतले जनाएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री जगदीश खरेलले केही शब्दचयन र प्राविधिक बुँदा मात्र परिमार्जन गर्न बाँकी रहेको बताउँदै, सहमतिका मुख्य विषयहरू टुंगिएको जानकारी दिए। मन्त्री खरेलका अनुसार, दुवै पक्षले सहमतिका बुँदामा एकरूपता कायम गरेपछि औपचारिक रूपमा सम्झौता हस्ताक्षर हुनेछ।

यसैबीच, जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले प्रधानमन्त्री कार्कीलाई भेटेर वार्ताको गति र प्रगति प्रति चासो प्रकट गरेका छन्। सिंहदरबारमा भएको भेटमा गुरुङले आन्दोलनमा संलग्न युवामाथि भइरहेको धरपकड, धरौटी नथपेर थुनामा पुग्न बाध्य भएका घटनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै, सम्झौता प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउन अनुरोध गरेका थिए।

गुरुङले जेनजी आन्दोलनलाई आधिकारिक मान्यता दिने गरी सम्झौता राष्ट्रपतिसमक्ष प्रस्तुत हुनुपर्ने आग्रहसमेत गरेका छन्। सरकार र आन्दोलनबीचको संवाद अन्तिम चरणतर्फ अघि बढेसँगै आन्दोलनकारी युवाहरूका माग र भविष्यको राजनीतिक व्यवस्थापनबारे पनि सकारात्मक वातावरण बनेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय