जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिनका लागि बनेको जाँचबुझ आयोगले आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिन थालेको छ।
अर्याल सो समयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नै थिए। आयोगले अघि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइसकेको छ।
आयोगले अर्यालको बयानपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि बयान लिने कार्यक्रम बनाएको छ। उनी जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा प्रहरी प्रमुख थिए।
जाँचबुझ आयोगले यसरी क्रमशः सबै जिम्मेवार अधिकारीसँग बयान लिँदै आन्दोलनको घटनाबारे स्पष्ट तथ्यांक जुटाउने तयारी गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
