नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाण्डू टोली १९.१ ओभरमा १ सय ११ रनमा समेटिएको छ। काठमाण्डूका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाएका थिए। मोहम्मद आदिल आलम र जोहन सिम्पसनले समान १८-१८ रन बनाए भने भीम सार्कीले १४ रन योगदान गरे।
लुम्बिनीका लागि बलिङमा शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान ३-३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले २ विकेट लिए भने अभिषेश गौतमले १ विकेट लिए।
यस खेलको नतिजाले फाइनलको यात्रा तय गर्ने टोलीको भविष्य निर्धारण गर्नेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
