२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति-सन्तुलन फेरिएर नयाँ राजनीतिक रेखांकन बनेको देखिन्छ। अध्यक्षका उम्मेदवार बन्ने घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुधबार सम्पादकहरूसँगको अन्तर्क्रियामा आफूलाई खुलेर समर्थन गरिरहेका छह नेताहरूसम्मिलित प्यानल सार्वजनिक गरेजस्तै दृश्य बनाए।

सबैभन्दा रोचक त के भने—यी नेताहरू मध्ये धेरैजना त्यतिबेला माधव नेपाल पक्षमा खुलेका थिए, तर विभाजनको समयमा एमालेमै बसेका अनुहारहरू हुन्। अहिले भने उनीहरू एकैसाथ पोखरेलतिर उन्मुख भएका छन्, जसले केपी शर्मा ओलीलाई पहिलोपटक वास्तविक चुनौती देखाएको बताइन्छ।

पोखरेलको साथमा ‘पुराना असन्तुष्ट’

मञ्चमा पोखरेलसँगै बसेका नेताहरूमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रमुख थिए। सचिव तर्फबाट योगेश भट्टराई र गोकर्ण विष्ट उभिए। तीमध्ये धेरैजना पहिल्यै माधव नेपाल समूहसँग उभिएका थिए, तर एमाले विभाजनमा सहभागी नभई संगठनभित्रै रोकिने निर्णय गरेका थिए।

रामकुमारी झाँक्री, योगेश भट्टराईसहितको पुरानो ‘प्रगतिशील समूह’ एउटा समय एउटै लाइनमा देखिन्थ्यो। तर पछिल्ला महिनामा पोखरेलको ‘सामूहिक नेतृत्व’ को एजेन्डामा सबै जना पनि उपस्थित देखिएनन्। झाँक्री अन्तर्क्रियामा आएकी थिइनन् भने उषा किरण जस्ता केही युवा नेताहरू भने पोखरेलको पंक्तिमा देखिए।

पोखरेलको मुख्य एजेन्डा: ‘एक व्यक्ति–एक निर्णय’ को अन्त्य

कार्यक्रममा पोखरेलले पार्टीभित्रको निर्णय–प्रक्रिया एकै व्यक्तिको हातमा केन्द्रीकृत हुनु एमालेको मूल विचारसँगै विसंगत भएको आरोप दोहोर्याए। उनले १०औँ महाधिवेशन र विधान महाधिवेशनमा मतअभिव्यक्तिको अधिकार नदिई बहुमतका आधारमा थोपारिएको निर्णयलाई वैचारिक अधोगति भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय