२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी विदेशीहरूलाई लक्षित गर्दै ‘गोल्ड कार्ड भिसा’ नामक नयाँ आप्रवासन योजना सार्वजनिक गरेका छन् । कम्तीमा १० लाख अमेरिकी डलर तिर्ने व्यक्तिलाई छिटो प्रक्रियाबाट अमेरिका प्रवेशको अनुमति दिने यस योजनाले योग्य मानिनेलाई नागरिकतासम्मको प्रत्यक्ष मार्ग उपलब्ध गराउने दाबी ट्रम्पले गरेका छन् ।

सामाजिक सञ्जालमार्फत योजना सार्वजनिक गर्दै ट्रम्पले अमेरिकी कम्पनीहरूले प्रतिभाशाली र प्रभावशाली व्यक्तिलाई जोगाउन सक्ने वातावरण तयार भएको बताए । उनका अनुसार यो कार्ड त्यही व्यक्तिलाई दिने भनिएको छ, जसले अमेरिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने क्षमता प्रमाणित गर्न सक्छ ।

उच्च शुल्क, तीव्र प्रक्रिया

योजनाअनुसार गोल्ड कार्ड भिसाका लागि १० लाख डलर अनिवार्य छ, जसलाई अमेरिकालाई योगदानको रुपमा लिइनेछ । विदेशी कामदार भर्ना गर्ने कम्पनीहरूले भने २० लाख डलर तिर्नुपर्नेछ । झनै उच्च सुविधा चाहनेले ५० लाख डलर तिरेर ‘प्लाटिनम कार्ड’ लिन सक्नेछन्, जसमा विशेष कर छुट जस्ता प्रलोभन रहेको छ ।

यस्तै, आवेदन प्रक्रिया सुरु हुनुअघि १५ हजार डलर नफर्काइने शुल्क अनिवार्य छ भने आवेदकको अवस्थाअनुसार थप सरकारी शुल्क लाग्न सक्नेछ ।

आप्रवासन नीतिमा कडाइ जारी

यति ठूलो रकम तिर्नेलाई छिटो बाटो खोलिएको तर सामान्य वा अवैध आप्रवासनलाई झनै कडा बनाइएको छ । ट्रम्प प्रशासनले हालै हजारौँ आप्रवासीलाई देशनिकाला गर्ने अभियान तीव्र पारेको छ भने १९ देशका नागरिकका लागि लागू गरिएको यात्रा प्रतिबन्ध अझै कडा रुपमा जारी छ ।

शरण (असाइलम) सम्बन्धी सबै निर्णय रोकिएको छ र बाइडेन प्रशासनका समयमा स्वीकृत हजारौँ केस पुनः समीक्षा गरिने घोषणा गरिएको छ ।

आलोचना र राजनीतिक तरंग

यो योजना पहिलोपटक सार्वजनिक हुँदै गर्दा नै डेमोक्र्याट नेताहरूले धनीलाई मात्रै प्राथमिकता दिएको भन्दै आलोचना गरेका थिए । ट्रम्पले भने यो उत्पादक र उच्च क्षमता भएका मानिस आकषिर्त गर्न आवश्यक कार्यक्रम भएको जिकिर गरेका छन् ।

उनका शब्दमा, “५ मिलियन डलर तिर्न सक्ने मानिसहरूले रोजगारी सिर्जना गर्छन्, यो योजना धमाधम बिक्छ, यो त एक किसिमको ‘डिल’ हो।”

यसअघि ट्रम्पले एच–१बी भिसा आवेदनमा १ लाख डलर शुल्क लगाउने निर्णय गरेका थिए, जसले विद्यार्थी र प्रविधि क्षेत्रका कामदारमा त्रास फैलाएको थियो । पछि प्रशासनले उक्त शुल्क विदेशबाट नयाँ आवेदन दिनेहरूलाई मात्रै लागु हुने स्पष्ट पार्‍यो ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय