२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा स्पेनले १६ वर्षपछि फिफा विश्वकपको उपाधि जित्दै नयाँ फुटबल युगको सुरुआत गरेको छ। सोमबार बिहान अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी मैदानमा भएको फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भयो।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन सकेन। खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड पाएर बाहिरिए र टोली १० खेलाडीमा सीमित बन्यो। त्यसको फाइदा उठाउँदै फेरान टोरेजले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाए।

खेलभर स्पेनले ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो। टोलीले २० पटक गोल गर्ने प्रयास गर्दा अर्जेन्टिनाले दुई मात्र प्रभावकारी प्रहार गर्न सकेको थियो। अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले ११ वटा उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

स्पेनले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै उपाधि जितेको हो। सेमिफाइनलमा फ्रान्सलाई २–० ले, क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले तथा प्रि–क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराउँदै स्पेन फाइनल पुगेको थियो।

सन् २०१० मा विश्वकप जितेपछि स्पेनको प्रदर्शन लगातार कमजोर बनेको थियो। २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली पछिल्ला दुई संस्करणमा अन्तिम १६ भन्दा अघि बढ्न सकेको थिएन। त्यसपछि स्पेनले युवा खेलाडीलाई प्राथमिकता दिने रणनीति अपनाएको थियो।

प्रशिक्षक लुइस फुएन्टेको नेतृत्वमा युवा र अनुभवी खेलाडीको सन्तुलित टोली तयार भएपछि स्पेनले फेरि विश्व फुटबलमा आफ्नो प्रभुत्व स्थापित गरेको छ। लामिन यमल, पाब्लो गाभी, निको विलियम्स, पेड्री, एरिक गार्सिया र एलेक्स बाइना जस्ता युवा खेलाडीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे भने कप्तान रोड्री, फाबियन रुइज, डानी ओल्मो, मार्क कुकुरेला, मिकेल ओयार्जाबाल र ऐमेरिक लापोर्टेले टोलीलाई मजबुत साथ दिए।

विश्वकपभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोड्री ‘गोल्डेन बल’ विजेता बने। स्पेनका गोलकिपर उनाइ सिमोनले आठ खेलमध्ये सात खेलमा क्लिन सिट राख्दै ‘गोल्डेन ग्लोभ्स’ जिते।

यस्तै, फ्रान्सका केलियन एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै ‘गोल्डेन बुट’ जिते। उनले विश्वकप इतिहासमा लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यस विश्वकपमा ८ गोल गरे पनि फाइनलमा गोल गर्न नसक्दा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा पुग्ने अवसर गुमाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय