२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पाल्पामा जीप दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने नौ जना यात्रु घाइते भएका छन्। लु १ ज ३९०८ नम्बरको फोर्स जीप अरुणखोलाबाट रामपुर तर्फ जाँदै गर्दा निस्दी–४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सोमा खसेको हो।

स्थानीयका अनुसार, घटनास्थल गहिरो भएकाले उद्दार कार्य जारी रहेको छ। घाइतेमध्ये केहीलाई निस्दी गाउँपालिकाको गाडीमा अस्पताल पठाइएको छ। मृतकमध्ये एक जनाको स्थानीय हुन सक्ने बताइए पनि अन्यको पहिचान खुल्न बाँकी छ। मित्याल प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ र अनुसन्धान भइरहेको छ।

यो दुर्घटना सडक कठिनाइ र जीपको नियन्त्रणमा समस्या आएको कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय प्रशासनले यात्रुहरूको सुरक्षा र उद्दार कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय