२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्ण यादवले सोमबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई जना मन्त्री थप गरेका हुन्।

विस्तारित मन्त्रिपरिषद् अनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय सम्हालेका छन्।

नवनियुक्त दुवै मन्त्रीले सोमबार साँझ नै प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसै क्रममा, यसअघि बिना विभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यस्तै कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय दिइएको छ।

जनमत पार्टीका महेश प्रसाद यादवले भने यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

सातदलीय गठबन्धनको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री बनेका कृष्ण यादवले पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय