२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ। यसअघि मङ्गलबारका लागि तय गरिएको मतदान प्राविधिक कारणले स्थगित भएपछि बुधबारका लागि पुनः कार्यतालिका बनाइएको हो।

मङ्गलबार साँझसम्म मतदानको प्रतीक्षामा प्रतिनिधिहरू लाइनमा बसेका थिए। तर राति करिब ८ बजे निर्वाचन आयोगले प्राविधिक तयारी पूरा नभएको जनाउँदै मतदान आजका लागि सारिएको जानकारी दिएको थियो।

एमाले महासचिव शंकर पोखरेलका अनुसार उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट एकैसाथ प्रयोग हुँदा विद्युतीय प्रणालीमा समस्या देखिएको थियो। नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी पुनः परीक्षण गर्न समय लागेकाले आयोगको निर्देशनअनुसार एक दिन मतदान स्थगित गरिएको उनले बताए।

११औँ महाधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्न लागेको हो। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। आज हुने मतदानबाट पार्टीको भावी नेतृत्वको टुंगो लाग्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय