२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धी दुवै पक्षले आ–आफ्नो प्यानल सार्वजनिक गरेका छन्। अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको प्यानलअनुसार उपाध्यक्ष पदका लागि अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ उम्मेदवार छन्। महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई तथा वैजनाथ चौधरीलाई समेटिएको छ। तीन उपमहासचिवको व्यवस्था भए पनि उक्त प्यानलमा दुई जनाको मात्र नाम सार्वजनिक गरिएको छ। सचिव पदमा भने अग्नि खरेललाई उम्मेदवार बनाइएको छ।

यता, अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आफ्नो प्यानल अन्तिम रूप दिएको छ। ओली प्यानलमा उपाध्यक्षका लागि रघुजी पन्तलाई समेटिएको छ। यसअघि उपाध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका प्रदीप ज्ञवालीको स्थानमा पन्तलाई प्यानलमा समावेश गरिएको हो। पन्तले यसअघि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

महाधिवेशनअन्तर्गत आज पदाधिकारीसहित विभिन्न पदका लागि मतदान हुने कार्यतालिका छ। दुवै पक्ष आन्तरिक रूपमा प्रतिनिधिहरूलाई प्यानलको सूची पठाउँदै मत आफ्नो पक्षमा पार्ने प्रयासमा जुटेका छन्। महाधिवेशनको यो प्रतिस्पर्धाले एमालेको आगामी नेतृत्व र राजनीतिक दिशामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय