२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको भनिएको ठूलो आर्थिक अनियमितताप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ। आयोगको बुटवल कार्यालयले अस्पताल प्रशासनलाई पत्र पठाउँदै विभिन्न शीर्षकमा भएको खर्च र निर्माण कार्यसम्बन्धी विवरण माग गरेको हो।

लामो समयसम्म मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रहेर प्रशासन सम्हालेका डा. नूरुल होदासहित तत्कालीन व्यवस्थापन र कर्मचारीहरूको संलग्नतामा गैरकानुनी गतिविधि भएको आशङ्का उठ्दै आएको छ। अस्पतालभित्र विभिन्न योजना, उपकरण खरिद र निर्माण कार्यमा व्यापक अनियमितता भएको आरोप लागिरहेको छ।

अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले गत कात्तिकमा उपकरण तथा मेसिनरीहरूको लगत तयार गर्न निर्देशन दिएपछि अनियमितताका शृङ्खला सार्वजनिक हुन थालेका हुन्। कर्मचारीहरूका अनुसार गहिरो छानबिन भएमा धेरै व्यक्ति अनुसन्धानको दायरामा पर्न सक्ने सम्भावना छ।

blog

पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल । तस्बिर : पुरुषोत्तम सुवेदी

हालका निमित्त मेसु डा. प्रकाश ढकालले अख्तियारबाट भवन निर्माण, विशेषगरी लिफ्ट जडानसम्बन्धी विवरण माग गर्दै पत्र आएको पुष्टि गरेका छन्। उनका अनुसार भवन निर्माण पूर्वाधार कार्यालयको जिम्मामा रहेकाले सोही अनुसार जवाफ पठाउने तयारी भइरहेको छ। साथै विगतमा भएको भनिएको करोडौँको खर्चबारे आन्तरिक अध्ययन भइरहेको पनि उनले जनाएका छन्।

१४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अस्पताल भवनमा दुई करोडभन्दा बढी भुक्तानी भइसकेको लिफ्ट अहिलेसम्म सञ्चालनमा नआएको बताइएको छ। यसका कारण बिरामी र सेवाग्राहीलाई माथिल्ला तल्लासम्म पुग्न समस्या भइरहेको छ। यस्तै, ६० लाख रुपैयाँको एक्स–रे मेसिन खरिद भए पनि प्रयोगमा नआएको र स्टोरमै थन्किएको आरोप छ।

करोडौँ मूल्यका औजार र सर्जिकल सामग्री प्रयोगबिनै बिग्रने अवस्थामा पुगेका छन् भने कतिपय सामग्रीका बिल र कागजातसमेत भेटिन नसकिएको स्रोतको भनाइ छ। स्वास्थ्य बीमाअन्तर्गत पाउने ४१ लाख रुपैयाँ किन माग नगरियो भन्ने विषय पनि रहस्यमै रहेको छ।

नागरिक समाज र स्थानीय सरोकारवालाले यस्ता गम्भीर आर्थिक अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय