२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना हुने गरी तय गरिएको छ।

महाधिवेशनमार्फत एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो। नयाँ नेतृत्व र संरचनासहित पार्टीको आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ यो बैठक बोलाइएको जनाइएको छ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए पनि परिणाममा ओली पक्षले स्पष्ट बहुमत हासिल गरेको छ। १९ सदस्यीय पदाधिकारी संरचनामा ओली पक्षका १७ जना निर्वाचित हुँदा पोखरेल पक्षका दुई जना मात्रै पदाधिकारीमा पुगेका छन्।

त्यसैगरी, केन्द्रीय कमिटीको समग्र संरचनामा पनि ओली पक्षको प्रभाव र बहुमत कायम रहेको छ। आजको बैठकमा नवनिर्वाचित नेतृत्वबीच औपचारिक छलफल, कार्यविभाजन र भावी राजनीतिक एजेन्डाबारे प्रारम्भिक समन्वय हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय