२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय सार्वजनिक गरेको छ । राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणालीलाई थप कडा र प्रभावकारी बनाउने आवश्यकताको तर्क गर्दै प्रशासनले कार्यक्रम ‘पज’ गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रम तत्काल स्थगन गर्ने निर्णय जानकारी गराएकी हुन् । ‘ग्रीन कार्ड लोटरी’ नामले पनि परिचित यस कार्यक्रममार्फत कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई हरेक वर्ष लोटरी प्रणालीबाट करिब ५० हजारसम्म स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) दिइँदै आएको थियो ।

यो निर्णय हालै ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको बताइएको छ । अधिकारीहरूका अनुसार उक्त घटनाका मुख्य संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्ते सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका व्यक्ति हुन् । डिसेम्बर १३ मा ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु र नौ जना घाइते भएका थिए । त्यसको दुई दिनपछि एमआईटीका प्रोफेसर नुनो एफजी लौरेरोको हत्या पनि उनैले गरेको पुष्टि गरिएको छ ।

घटनापछि भालेन्ते डिसेम्बर १८ मा न्यू ह्याम्पशायरमा मृत अवस्थामा फेला परेका थिए, जहाँ उनले आत्महत्या गरेको जनाइएको छ । सेक्रेटरी नोएमले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै डीभी कार्यक्रममार्फत आएका व्यक्तिबाट यस्ता गम्भीर अपराध भएको उल्लेख गरेकी छन् । उनले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार अमेरिकाको सुरक्षालाई जोखिममा पार्ने सम्भावना रहेका कार्यक्रमलाई तत्काल रोकिने निर्णय लिइएको बताएकी छन् ।

राष्ट्रपति ट्रम्प यसअघि पनि डीभी लटरी कार्यक्रमका कट्टर आलोचक रहँदै आएका छन् । उनले यसलाई राष्ट्रिय सुरक्षासँग जोडिएको जोखिमका रूपमा व्याख्या गर्दै मेरिट–आधारित आप्रवासन प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन् । सन् २०१७ मा न्यूयोर्कमा भएको ट्रक आक्रमणपछि पनि उनले यो कार्यक्रम अन्त्य गर्ने प्रयास गरेका थिए ।

यद्यपि, डीभी कार्यक्रम कांग्रेसद्वारा कानुनी रूपमा स्थापित भएकाले यसलाई पूर्ण रूपमा खारेज गर्न कानुनी चुनौती आउन सक्ने विश्लेषकहरूको भनाइ छ । स्टेट डिपार्टमेन्टको मुख्य भूमिका रहेको यस कार्यक्रममा होमल्याण्ड सेक्युरिटीअन्तर्गत यूएससीआइएसको समेत संलग्नता भएकाले प्रशासनले अस्थायी स्थगन सम्भव भएको बताइएको छ ।

डीभी २०२५ का लागि करिब २ करोड जनाले आवेदन दिएकोमा एक लाख ३१ हजारभन्दा बढी व्यक्ति (पति–पत्नी सहित) छनोट भएका थिए । हाल डीभी २०२६ को आवेदन प्रक्रिया जारी रहेकाले यो स्थगनले आगामी चरणहरूमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय