२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिफा वरीयतामा आफ्नो अघिल्लो स्थानमै कायम रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार सार्वजनिक गरेको अद्यावधिक वरीयताअनुसार नेपाल १८२औँ स्थानमा यथावत् रहेको हो।

दक्षिण एसियाली उपक्षेत्रको वरीयतामा नेपाल चौथो स्थानमा छ। यस क्षेत्रको शीर्ष स्थानमा भारत रहेको छ, जसको विश्व वरीयता १४२औँ स्थानमा कायम छ। दोस्रो स्थानमा रहेको माल्दिभ्स १७३औँ, तेस्रो स्थानको बंगलादेश १८०औँ तथा चौथो स्थानमा नेपाल १८२औँ स्थानमा रहेको छ।

दक्षिण एसियाली वरीयतामा भुटान पाँचौँ स्थानमा रहँदै १९२औँ स्थानमा छ भने श्रीलंका १९४औँ स्थानसहित छैटौँ स्थानमा र पाकिस्तान १९९औँ स्थानमा रहँदै सातौँ स्थानमा कायम छन्।

विश्व वरीयताको शीर्ष स्थानमा भने स्पेनले आफ्नो स्थान जोगाएको छ। दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल यथावत् छन्।

नयाँ वरीयताले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रहरूको हालको प्रतिस्पर्धात्मक अवस्थालाई प्रतिबिम्बित गरेको फिफाले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय