२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमण गम्भीर बन्दै गएको छ। जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु र मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार पछिल्लो २० दिनमा कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ। पछिल्ला तीन वर्षमा ३ सय ७१ पशुमा रेबिज सङ्क्रमण पुष्टि भइसकेको छ।

रेबिजकै कारण पछिल्लो समय मानिसको ज्यानसमेत जाने क्रम बढेको छ। यसै साता बझाङमा एक वृद्ध महिलाको र यसअघि बैतडीमा एक बालकको रेबिजका कारण मृत्यु भएको पुष्टि भएको छ। यस्ता घटना सबै रिपोर्टमा नआउने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

प्रदेशमा सबैभन्दा बढी रेबिज सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित १ सय ७० नमूनामध्ये १ सय ३६ मा रेबिज पुष्टि भएको छ। कैलालीमा ९८ मध्ये ७८ र कञ्चनपुरमा ५३ मध्ये ४३ नमूना पोजेटिभ देखिएको छ।

हालै कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशु टोक्दै हिँडेको एक पशुमा रेबिज पुष्टि भएको छ। यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडामा पनि बहुला कुकुरको समस्या देखिएको छ।

पशु चिकित्सकहरूका अनुसार उखु कटानीका कारण स्यालको प्राकृतिक बासस्थान नष्ट हुँदा ती मानव बस्तीमा पस्न थालेका छन्। बासस्थान अभाव भएपछि स्यालले घरपालुवा पशु र कुकुरलाई टोक्ने र त्यसबाट रेबिज तीव्र रूपमा फैलिने गरेको छ।

रेबिज प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिने चिकित्सकहरू बताउँछन्। पशुले टोकेमा घाउ साबुन र सफा पानीले राम्रोसँग धुने, ढिलाइ नगरी स्वास्थ्य संस्थामा गई खोप लगाउने, घरपालुवा जनावरलाई नियमित खोप लगाउने र असामान्य व्यवहार गर्ने पशु देखिएमा तत्काल स्थानीय निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय