सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा आजबाट सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा उद्घाटन गरिएको गोष्ठीमा प्रदेशको समग्र सुरक्षा चुनौती र आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे गम्भीर छलफल भइरहेको छ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, गृहसचिव रामेश्वर दंगाल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु सहभागी छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रदेशका विभिन्न जिल्लामा देखिएका सुरक्षा जोखिम, अपराध नियन्त्रण, सीमा सुरक्षा व्यवस्थापन र संस्थागत समन्वयका मुद्दामा विस्तृत प्रस्तुति तथा सुझाव आदान–प्रदान भइरहेको अधिकारीहरूले बताएका छन्।
गृहमन्त्री अर्यालले प्रदेशका सुरक्षा निकायसँग प्रत्यक्ष संवाद गर्दै आगामी चुनावलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी तथा प्राथमिकताबारे मार्गनिर्देशन दिने बताइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
