२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन अपील गरेका छन्। माओत्सेतुङको १३३औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मतभेदभन्दा माथि उठेर समाजवादी नेपालको लक्ष्यतर्फ अघि बढ्न आग्रह गरेका हुन्।

प्रचण्डले माओले देखाएको बाटो इतिहासमा मात्र सीमित नभई आज पनि राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि व्यवहारिक मार्गदर्शन भएको बताए।

उनले सामन्तवाद अन्त्यका लागि वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै यसले कम्युनिष्ट आन्दोलनको वैचारिक स्पष्टता र संगठनात्मक क्षमतालाई बलियो बनाएको बताए।

मार्क्स, लेनिन, माओदेखि नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानलाई समेट्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नुपर्ने दाहालको भनाइ छ।

उनले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध सशक्त वैचारिक र राजनीतिक सङ्घर्ष नगरेसम्म समाजवादी क्रान्ति सफल नहुने स्पष्ट पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय