२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची समयमै पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार समानुपातिक प्रणालीमा सहभागी दलहरूले पुस १३ र १४ गते दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसक्नुपर्नेछ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भण्डारीले कानुन, नियमावली र निर्देशिकाअनुसार प्रक्रिया पूरा गर्न दलहरूलाई आग्रह गरेका छन्।

समानुपातिक बन्दसूची बुझाउन आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय व्यवस्था गरिएको आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय