२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण आज मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाले आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने बताइएको छ।

तराईका केही स्थानमा राति पनि हुस्सु र कुहिरो लागिरहने सम्भावना छ। बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय