२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो बढेकाले अनावश्यक रूपमा बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घ रोगीहरू चिसोको जोखिममा बढी पर्ने भएकाले विशेष सावधानी अपनाउन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जाडोयाममा शीतलहर, हुस्सु, कुहिरो र हिमपातका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उल्लेख छ । चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने र हाइपोथर्मियाका बिरामी बढ्ने गरेको मन्त्रालयको भनाइ छ ।

चिसोबाट जोगिन धुवाँ–धुलोबाट बच्न, न्यानो लुगा लगाउन, पोषणयुक्त सन्तुलित खाना खान, भिटामिन–सीयुक्त फलफूल र सागपात सेवन गर्न तथा सरसफाइमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । साथै प्रशस्त मात्रामा झोल पदार्थ खान पनि सुझाव दिइएको छ ।

मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कमा गम्भीर असर पार्नुका साथै दम र क्यान्सरजस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको छ ।

चिसोका कारण स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ । साथै आगो र ताप्ने उपकरण सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, प्रयोगपछि निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्नसमेत आग्रह गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय