२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

बिहीबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले गरेको सफाइको फैसला सदर गरेको हो। विशेष अदालतको फैसला बदर गर्न माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको, धम्की दिएर रकम असुली गरेको तथा त्यसरी आर्जन गरिएको सम्पत्तिलाई वैधानिक देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप उनीहरूमाथि लगाइएको थियो।

अभियोगपत्रमा चक्रे मिलनले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। विभागले काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यको नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित ७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको दाबी गरेको थियो।

यसै मुद्दाका अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) ले भने २०७४ माघ १० गते नै सफाइ पाइसकेका छन्। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीको मुद्दा भने अझै विचाराधीन छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय