२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सोधपुछका लागि बोलाएका एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे)का प्रतिनिधि बुधबारको बैठकमा उपस्थित भएनन्।

समितिले ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’ विषयमा छलफल गर्न बैठक बोलाएको थियो। बैठकमा सम्बन्धित सरकारी निकायका प्रतिनिधि सहभागी भए पनि ती तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि भने अनुपस्थित रहे।

समितिले सर्वोच्च अदालतका तीन न्यायाधीशविरुद्ध महाभियोग लाग्न सक्ने विषयमा विज्ञप्ति जारी गरेका ती संस्थाका प्रतिनिधिलाई त्यससम्बन्धी विषयमा सोधपुछ गर्न बोलाएको थियो।

समितिको बैठकमा कानुनमन्त्री सोभिता गौतम, महिला, बालबालिका मन्त्री सीता बादी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, कानुन मन्त्रालयका सचिव, महिला, बालबालिका मन्त्रालयका सचिव तथा समाजकल्याण परिषद्का सचिवलाई आमन्त्रण गरिएको थियो।

संसदीय स्रोतका अनुसार समितिले सार्वजनिक कार्यसूचीमा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको नाम उल्लेख नगरे पनि उनीहरूसँग विज्ञप्तिबारे सोधपुछ गर्ने तयारी गरेको थियो। तर, बोलाइएका तीनै संस्थाका प्रतिनिधि बैठकमा उपस्थित भएनन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय