२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२७ पुष २०८२, आइतवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् ।

आइतबार काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आज नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ । हामीले समयमा नियमित महाधिवेशन गर्न सकेनौं । विशेष महाधिवेशन दर्ता भएको तीन महिनाभित्र नियमित गर्न सकेको भए विशेष रद्द हुनसक्छ । नियमित गराउन नेतृत्वले ध्यान दिएन । विशेष महाधिवेशन आफैं निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको हुनाले आज हामीले विशेष गरिरहेका छौं,’ पौडेलले भने ।

साथै, उनले पार्टी फुटाउन लागेको भनेर आरोप लगाउन नमिल्ने पनि बताए । उनले थप भने, ‘यो विधानले व्यवस्था गरेको अवस्था हो । विधानलाई केन्द्रीय समिति, कार्यसम्पादन समितिले निर्देशित गर्न सक्दैन । विधानले निर्देशित गरे बमोजिम विशेष महाधिवेशन भइरहेको छ । नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, यो देशका सबै बेथितिविरुद्धको अभियान हो ।’

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय