२०८३ असार ५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदको रोष्ट्रमबाट ज्ञानेन्द्र शाहीको अर्थमन्त्री वाग्लेप्रति व्यंग्य ' शैक्षिक योग्यतानै इमानदारी होइन' | शिक्षामन्त्री पोखरेलद्वारा १५ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक | महाधिवेशनअघि रविको ‘पावर बुस्ट' : रवि लामिछाने रास्वपाका सर्वशक्तिशाली सभापति बन्दै | दक्षिण कोरियामाथि जित निकाल्दै मेक्सिको विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली | ३५ दिनमै सार्वजनिक भयो कक्षा १२ को नतिजा | राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ |

१० माघ २०८२, शनिवार

रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।

सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् ।अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए ।

​’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ ​अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय