२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेपाली कांग्रेस ले बुधबार जनकपुरमा आमसभा आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कार्यक्रममा एक लाखभन्दा बढी मानिसको सहभागिता रहने दाबी गरिएको छ।

कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव ले उक्त जानकारी दिँदै सभापति गगन थापा लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताए। उनले मधेशको अवस्थालाई नजिकबाट नियाल्नका लागि सार्लाही–४ बाट उम्मेदवार बनाइएको पनि उल्लेख गरे।

“व्यवस्था होइन, अवस्था फेर्नुपर्छ भनेर लागेका छौँ। आसन्न निर्वाचनमा उहाँको भिजन, गन्तव्य र दृष्टिकोण समेटेर प्रतिबद्धतापत्र तयार गरेका छौँ। भावी प्रधानमन्त्रीका रूपमा सिफारिस गरेका छौँ। मधेश प्रदेशको स्थितिलाई नजिकबाट हेरेर काम गर्न सहज होस् भनेर यहाँ बोलाएका हौँ,” यादवले भने।

उनले मधेशले प्रजातन्त्रका लागि दिएको योगदान र कांग्रेसको उर्वर भूमिको रूपमा रहेकाले आग्रह गरेर उम्मेदवार बनाइएको बताए।

मधेश सभापति यादवले भावी प्रधानमन्त्रीका रूपमा खुला बहस गर्न कांग्रेस तयार रहेको पनि बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय