२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय राजदूत नवीन श्रीवास्तव सँग भेटवार्ता गरेका छन्।

लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालत मा तारेख बुझेर सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए। त्यहाँ उनले राजदूत श्रीवास्तवसँग भेट गरेका हुन्।

भेटपछि उनी साँझ साढे ५ बजे बाहिरिएको बताइएको छ। फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्था र लामिछानेमाथि अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण तथा संगठित ठगीसम्बन्धी मुद्दाको सन्दर्भमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भारतीय राजदूतसँगको भेटपछि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै धनगढी प्रस्थान गरेका थिए। रास्वपाले आज धनगढीमा सभा आयोजना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय