२०८२ चैत्र २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिहापछि ओलीको आरोप: १३ दिन गैरकानुनी हिरासतमा राखियो | उपसभामुखमा रुवि कुमारी ठाकुरलाई रास्वपाको समर्थन | उपसभामुखमा चुनाव हुनुपर्ने हर्क साम्पाङको अडान | ‘बले’विरुद्ध अमेरिकामा बलात्कार मुद्दा दर्ता | प्रहरी हिरासतबाट एमाले अध्यक्ष केपी ओली र रमेश लेखक मुक्त | के हो पाटन कृष्ण मन्दिरमा चक्कु प्रहारबाट दाजुभाइको मृत्यु भएको घटना ? | रास्वपाभित्र श्रममन्त्रीलाई पदबाट हटाउने विषयमा छलफल सुरु भएको हो ? | पत्रकार राजेन्द्र बानियाँ र सांसद आशिका तामाङबीच फेसबुकमा जुहारी | पक्राउ पुर्जीपछि देउवाको प्रतिक्रिया: सम्पत्तिबारे गलत प्रचार भएको दाबी | मुख्य बजारमै हत्या: पोखराको सभागृहचोकमा महिलाको हत्या |

धादिङ जिल्लामा निर्माणाधीन नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार हालसम्म करिब ८५ प्रतिशत काम पूरा भइसकेको छ।

आयोजनाका प्रमुख केशवप्रसाद ओझाले सडकखण्डको पहिलो प्याकेजअन्तर्गत १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने रहेकामा अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिएका छन्।

अब ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे बिछ्याउने र खानीखोलामा आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अन्तिम तहको कालोपत्रे सकिएपछि सडक सुरक्षासम्बन्धी मापदण्ड लागू गर्ने र रंगरोगनको काम सुरु गरिनेछ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसअघि पर्ने होली पर्वका कारण निर्माण कार्य केही प्रभावित हुन सक्ने आयोजनाले जनाएको छ।

खानीखोला क्षेत्रमा आकाशे पुल निर्माणस्थलमा रहेका टहरासम्बन्धी विवादका कारण पनि केही समय काम ढिलाइ भएको थियो। तथापि, मुख्य कामहरू ३५ दिनभित्र पूरा गर्ने दाबी आयोजनाले गरेको छ।

सडक निर्माण स्थानीय बासिन्दासँग प्रत्यक्ष जोडिएको विषय भएकाले एउटै विषयमा समाज विभाजित हुँदा काममा समस्या आएको आयोजनाको भनाइ छ।

आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई स्थानान्तरण गरिसकिएकाले अब निर्माणले गति लिने विश्वास गरिएको छ। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्काले निर्वाचनका कारण केही ढिलाइ हुन सक्ने बताएका छन्।

यसअघि सडक क्षेत्रमा रहेका विद्युत् पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो। २०७९ सालदेखि सुरु भएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय