२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आज (बिहीबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखा ले नेपालखबर लाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन गरिएको हो ।

हिजो (बुधबार) सोही समयमा न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । अन्तिम मापनका बेला बिहान ८:४५ बजे तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो ।

आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे सार्वजनिक हुनेछ । उक्त समयमा तापक्रम केही घट्न सक्ने सम्भावना रहने महाशाखाले जनाएको छ । कतिपय अवस्थामा सुरुवाती तापक्रम नै कायम रहन पनि सक्छ ।

यसअघि मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो भने सोमबार ९.० डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार ९.१ डिग्री सेल्सियस रहेको तापक्रम शनिबार ७.५ डिग्री सेल्सियसमा झरेको थियो । शुक्रबार भने १२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लागेमा बिहानको न्यूनतम तापक्रम बढ्ने गर्छ । तर रातभर आकाश सफा रहेमा तापक्रम घट्ने प्रवृत्ति हुन्छ ।

अधिकतम तापक्रम भने यसको ठीक उल्टो हुन्छ । दिनभर बादल लागेमा अधिकतम तापक्रम घट्ने र आकाश सफा हुँदा घाम लाग्ने भएकाले तापक्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

हिउँद याम सकिन लागेकाले समग्र तापक्रम बढ्दो क्रममा रहेको पनि मौसमविद्को भनाइ छ ।

महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्दछ । बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गरिन्छ ।

न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्थालाई संकेत गर्ने गर्दछ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय