२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफू प्रश्नभन्दा बाहिर नरहेको स्पष्ट पारेका छन्।

बिहीबार गोरखा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यो देशमा कोही पनि प्रश्नभन्दा माथि वा बाहिर नरहेको बताए। “यो देशमा प्रश्नभन्दा बाहिर र माथि कोही पनि छैन, जसले जतिखेर जहाँ उभिएर प्रश्न गरे पनि हुन्छ,” उनले भने, “न म प्रश्नभन्दा बाहिर र माथि छु, न सुदन गुरुङ प्रश्नभन्दा बाहिर र माथि छन्।”

गोरखा–१ बाट रास्वपाका उम्मेदवार सुदन गुरुङको प्रचारका लागि गोरखा पुगेका लामिछानेले गुरुङलाई जसरी पनि सदनमा पुर्‍याउने दाबी गरे। “सुदन गुरुङ सदनमा जाला भनेर अहिलेदेखि नै भ्रष्टाचारीको जिउ काँपेको छ। सुदन गुरुङलाई सदनमा लिएरै जान्छौँ,” उनले भने।

उनले गोरखाबाट धेरै उम्मेदवार विजयी भए पनि गोरखाले भने जित्न नसकेको उल्लेख गर्दै यसपटक गोरखाले जित्नुपर्ने धारणा राखे। “यस पटक गोरखाले जित्नुपर्छ, सुदनले जित्नुपर्छ,” उनले जोड दिए।

प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियानअन्तर्गत लामिछाने बिहीबार गोरखा पुगेका हुन्। उनले आज गोरखाका विभिन्न स्थानमा आयोजना हुने चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय