२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

शेरबहादुर देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति देउवा राति करिब ११ः३० बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत त्यसतर्फ लागेका हुन्।

आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको बेला देउवा एक्लै सिंगापुर गएका छन्। यसअघि पनि उनी स्वास्थ्य उपचारका लागि पटक–पटक सिंगापुर जाने गरेका थिए। ३१ जेठ २०८० मा पनि उनी उपचारकै लागि सिंगापुर गएका थिए।

देउवाको सचिवालयका अनुसार केही वर्षअघि पेटसम्बन्धी समस्या देखिएपछि उनले सिंगापुरमा उपचार गराएका थिए। चिकित्सकको सल्लाहअनुसार दुई–दुई वर्षमा नियमित ‘फलोअप’ गर्नुपर्ने भए पनि व्यस्त राजनीतिक तालिकाका कारण यसपटक तीन वर्षपछि मात्रै फलोअपका लागि गएका हुन्।

प्रधानमन्त्री भएका बेला विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनका कारण नियमित स्वास्थ्य परीक्षण हुन नसकेको सचिवालयले जनाएको छ।

यसपटक देउवा एक्लै सिंगापुर गएका छन्। उनकी पत्नी आरजु राणा देउवा भने केही दिनदेखि भारतको तीर्थयात्रामा छिन्। उनी सहयोगीहरूसहित भारतका विभिन्न मन्दिरमा पूजाआजा गरिरहेकी छन्।

पछिल्लो समय पार्टीको दोस्रो विशेष महाधिवेशनपछि देउवा सक्रिय राजनीतिमा कम देखिएका थिए। चुनाव नजिकिँदै गर्दा उनको सिंगापुर यात्रा सार्वजनिक चासोको विषय बनेको छ।

देउवालाई बिदाइ गर्न उनका स्वकीय सचिव भानु देउवालगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सचिवालयले स्वास्थ्य परीक्षणकै सिलसिलामा सिंगापुर गएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय