२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार फेरि बनाउन सकिने भए पनि सन्तान गुमाएकी आमाको पीडा कहिल्यै नभरिने बताएका छन्।

बिहीबार रास्वपाले गोरखाको सदरमुकाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेपछि मात्र सिंहदरबारमा आगजनी भएको दाबी गरे।

उनले भने, “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्‍यो भनेर। तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन। जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन। रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन। सिंहदरबार हामी पुनः निर्माण गर्छौँ। सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ।”

लामिछानेले आफू वा अरू कोही पनि प्रश्नभन्दा माथि नरहेको बताए। उनले बिहीबार नै सदरमुकाम र पालुङटार नगरपालिकामा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय