२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले आइतबार बिहान निवासबाटै नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।

पारिवारिक स्रोतका अनुसार बिहान ६ बजेदेखि नै प्रहरी टोली भक्तपुरस्थित उनको घर वरिपरि तैनाथ रहेको थियो। करिब पौने ८ बजे पक्राउ पुर्जी थमाएर प्रहरीले उनलाई लगेको बताइएको छ। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने उल्लेख गरिएको छ।

प्रसाईले पछिल्लो समय बारम्बार निर्वाचनविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए। उनले मुलुकमा निर्वाचनले निकास नदिने र निर्वाचन भए द्वन्द्व निम्तिने दाबी गरेका थिए।

उनले आइतबारदेखि नै बन्दको घोषणा समेत गरेका थिए। यही कारण उनलाई पक्राउ गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

आगामी फागुन २१ गतेका लागि निर्वाचन तय भएको छ। सरकारले निर्वाचनको वातावरण बनाइरहेका बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ।

प्रसाई यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका छन्। तर अदालतको आदेशपछि उनी छुट्दै आएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय