२०८३ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

रामेछापमा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।

सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो।

घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटाइएको थियो। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयका शिक्षक हुन्।

दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेहरू भीमबहादुर मानन्धर, सम्बरबहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पूजादेवी सुनुवार रहेका छन्।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते सातै जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय