२०८३ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बेरुत– इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध रूपमा तीन पटक हवाई आक्रमण गरेका छन्।

अल जजिराका अनुसार बेरुतको दक्षिणी उपनगर क्षेत्रमा इजरायलले नयाँ चरणका आक्रमण सुरु गरेको हो। यसअघि सोही क्षेत्रका अन्य दुई स्थानमा पनि इजरायलले भीषण बमबारी गरेको थियो।

इजरायली सेनाले उक्त क्षेत्रका बासिन्दालाई तत्काल स्थान छाड्न विस्थापन आदेश जारी गरेको छ। इजरायलले ती क्षेत्रमा सशस्त्र समूह हिजबुल्लाहका सैन्य ठेगाना रहेको दाबी गर्दै आएको छ।

पछिल्लो समय इजरायली आक्रमणका कारण बेरुत र वरपरका क्षेत्रबाट हजारौँ मानिस विस्थापित भइसकेका छन्। आक्रमणबाट भएको मानवीय क्षतिको आधिकारिक विवरण भने हालसम्म सार्वजनिक भएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय