२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चाधिकारी टोलीले ललितपुरका विभिन्न मतदान केन्द्रको अनुगमन गरेको छ। टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र अन्य उच्च अधिकारीहरू सहभागी थिए।

गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार टोलीले निर्वाचन पूर्व तयारी र सुरक्षा संवेदनशीलता बुझ्न बुङमती, गोटिखेल, लेलेलगायत दुर्गम क्षेत्रका मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको हो। अनुगमनका क्रममा सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रका कर्मचारीलाई सुरक्षा व्यवस्था चुस्त बनाउन आवश्यक निर्देशन दिइएको छ।

यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह सचिव श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोलीले बाँके, अछाम, बझाङ, बाजुरा र कैलाली पुगेर सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए। त्यस अवसरमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर मताधिकार प्रयोग गर्न आह्वान गरेका थिए।

त्यसैगरी, फागुन १५ गते गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचन तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल तथा सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरेका थिए। गृह मन्त्रालयका अनुसार सरकारले निर्वाचनलाई मर्यादित बनाउन प्रभावकारी सुरक्षा व्यवस्था कायम गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय