२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरेको छ।

आयोगका अनुसार निर्वाचनको सुरक्षा र मतदान व्यवस्थापनका लागि सुरक्षा निकाय र निजामती कर्मचारी गरी साढे पाँच लाख जनशक्ति परिचालन हुने भएको छ।

निर्वाचनको सुरक्षा घेरा मजबुत बनाउन सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत चारवटै सुरक्षा निकायलाई सक्रिय बनाउने भएको छ। निर्वाचनमा नेपाली सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ७९७, सशस्त्र प्रहरी ३४ हजार ५६७, राष्ट्रिय अनुसन्धान विभाग ३ हजार २१ र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन हुनेछन्। त्यस्तै २ लाख १५ हजार कर्मचारी परिचालन हुने आयोगले जनाएको छ।

यस पटक सुरक्षालाई थप सुदृढ बनाउन १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई जिम्मेवारी दिइएको छ। सुरक्षा निकायको ठूलो उपस्थितिले मतदातालाई सुरक्षित महसुस गराउने र निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने विश्वास आयोगले लिएको छ।

प्रशासनिक व्यवस्थापनका लागि २ लाख १५ हजार कर्मचारी देशभरका मतदान केन्द्रमा खटिनेछन्। उनीहरूले मतदान प्रक्रियाको नेतृत्व गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतपेटिकाको सुरक्षा सुनिश्चित गर्नेछन्। आयोगले सबै सुरक्षा निकाय र कर्मचारीलाई समयमै कार्यक्षेत्रमा पुग्न निर्देशन दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय