
प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नं. १ का गल्छी–५, २, ३, ४ र ७ बाट प्राप्त पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशिका तामाङले ३,५७२ मतसहित अग्रता लिएकी छन् ।
उनीभन्दा पछि नेकपा एमालेका भूमि प्रसाद त्रिपाठीले १,८१७ मत प्राप्त गरेका छन् । आशिका तामाङ त्रिपाठीभन्दा १,७५५ मतले अगाडि रहेकी छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजेन्द्र प्रसाद पाण्डेले ९९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजालले १,००४ मत पाएका छन् ।
मतगणना जारी रहेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
