२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ।

आयोगद्वारा जारी पत्रमा उम्मेदवारी खारेजीसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट अन्तिम आदेश नआएसम्म मतपरिणाम सार्वजनिक नगर्न भनिएको उल्लेख गरिएको छ।

आयोगको बैठकले गरेको निर्णयअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई लिखित रूपमा परिणाम घोषणा स्थगित गर्न निर्देशन पठाइएको जनाइएको छ।

आयोगका अनुसार उक्त प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भई सुनुवाइ प्रक्रियामा रहेकाले अदालतको आदेशपछि मात्रै थप प्रक्रिया अघि बढाइनेछ। यस सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय धनुषालाई समेत जानकारी गराइएको आयोगले जनाएको छ।

मतदानअघि मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले उजुरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको थियो। सोही दिन उम्मेदवार साहले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय