२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

रौतहट क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन्द्र पटेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

पटेलले जनता समाजवादी पार्टी (जसपा) नेपालका गोविन्द चौधरीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

१८ वर्षदेखि निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह यसपटक तेस्रो स्थानमा सीमित भएका छन्। यसअघि माओवादीबाट निर्वाचित हुँदै आएका साह २०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर प्रतिनिधिसभा पुगेका थिए। यसपालि भने उनले आफ्नै नेतृत्वको आम जनता पार्टीबाट चुनाव लडेका थिए।

रौतहट–३ लाई प्रभु साहको बलियो पकड क्षेत्रका रूपमा लिने गरिन्थ्यो। तर यसपटक त्यहाँका मतदाताले रास्वपाका उम्मेदवार पटेललाई रोजेका छन्।

अन्तिम मतपरिणाम अनुसार पटेलले २७ हजार ३१८ मत प्राप्त गरे। जसपा नेपालका गोविन्द चौधरीले १५ हजार ३६४ मत ल्याएर दोस्रो स्थान हासिल गरे भने आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ९ हजार ८९० मत प्राप्त गरे। नेकपा एमालेका कुन्दनप्रसाद कुशवाहाले ६ हजार ६०५ मत पाए।

रौतहटका चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा रास्वपा विजयी भएको छ भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय