२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गरेका राउतलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवले पराजित गरेका हुन्। रामजी यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। जनमत पार्टीका अध्यक्ष राउतले ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।

२०७९ सालको निर्वाचनमा राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

यसपटक जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले १४ हजार २३६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे।

त्यस्तै जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका उम्मेदवार तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले ३ हजार ५५७ मत प्राप्त गरे। नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ मत ल्याए भने राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० मत प्राप्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय