२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ |

बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिक सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ।

आज बिहान दुई फरक स्थानमा ती किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम ले जनाएको छ। प्रहरीका अनुसार करिब पाँच सय मिटरको दूरीमा दुई शव भेटिएका हुन्।

कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुन का अनुसार शवको पहिचान भइसकेको छ। फेला परेका शव बाँफिकोट गाउँपालिका–३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीका हुन्। दुवैको शव भेरी नदी किनारमा तैरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बेलुका तीन जना किशोरी छिमेकी गाउँमा लागेको विवाहमा जाने भन्दै घरबाट निस्किएका थिए। विवाहबाट फर्कने क्रममा उनीहरू बेपत्ता भएका थिए।

उनीहरूसँगै गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अझै अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिएका छन्।

विवाहबाट फर्कने क्रममा उनीहरूलाई नदीले बगाएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलमा प्रहरी निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली खटिएको छ। यसअघि अस्थायी प्रहरी पोष्ट छिनखेत बाट पनि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय