२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि |

नेपाल आयल निगम ले बजारमा खाना पकाउने ग्यासको अभाव आपूर्तिको कमीका कारण नभई बिक्रेताको अनियमितता र उपभोक्ताको सञ्चय गर्ने प्रवृत्तिका कारण भएको जनाएको छ।

निगमका प्रवक्ता मनोज कुमार ठाकुर का अनुसार हाल ग्यास आयातमा कुनै अवरोध छैन। उद्योगीहरूले पनि बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास आयात गरेर पठाइरहेका छन्। तर, उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो बढेपछि निगम आपूर्ति प्रणालीमा देखिएको समस्या समाधानमा जुटेको छ।

आयात र उद्योगबाट हुने आपूर्तिमा कुनै कमी नहुँदा पनि बजारमा अभाव देखिएपछि निगमले ग्यास बिक्रेताहरूलाई उद्योगबाट प्राप्त परिमाणको विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ।

अनियमितता रोक्न बिक्रेताले बिक्री–वितरणको पारदर्शी रेकर्ड राख्नुपर्ने र सोही आधारमा मात्रै कारोबार गर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताएका छन्।

उनका अनुसार भारतबाट मागअनुसार ग्यास आयात भइरहेको छ। उद्योगहरूले पनि बिक्रेतालाई पठाएको ग्यासको तथ्याङ्क निगमलाई दिएका छन्। तर, बजारमा भने उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहेका छन्। कृत्रिम अभाव हटाउन निगमले बिक्रेतालाई उद्योगबाट खरिद गरेको र बिक्री गरेको स्पष्ट विवरण राख्न निर्देशन दिएको उनले बताए।

ठाकुरका अनुसार अनावश्यक रूपमा ग्यास सञ्चय गर्ने प्रवृत्तिले पनि समस्या बढाएको छ। एकै व्यक्तिले चार–पाँच वटासम्म सिलिन्डर भरेर राख्दा तत्काल आवश्यक पर्ने सर्वसाधारण मर्कामा पर्ने अवस्था बनेको छ।

उद्योगले पठाएको ग्यास र बिक्रेताले वितरण गरेको तथ्याङ्क मिलान गर्न सके कृत्रिम अभाव तत्काल हट्ने निगमको भनाइ छ। सोही प्रयोजनका लागि बिक्रेतालाई विवरण राख्न निर्देशन दिइएको प्रवक्ता ठाकुरले जानकारी दिए।

निगमले आयात पर्याप्त रहेको दाबी गरे पनि बजारमा भने उपभोक्ताले ग्यासका लागि केही दिन कुर्नुपर्ने अवस्था देखिएको छ।

ग्यास लुकाउने वा कालोबजारी गर्ने कार्यको अनुगमन गर्ने मुख्य निकाय वाणिज्य विभाग हो। निगमले आपूर्ति सहज रहेको दाबी गरिरहँदा बजारमा अभाव देखिनुले कालोबजारीको सङ्केत गर्ने देखिएको छ। यसका लागि विभागले बजारको नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।

हाल दैनिक करिब एक लाख सिलिन्डर ग्यासको माग रहेकोमा उद्योगहरूले सोही परिमाणमा ग्यास बिक्रेतालाई उपलब्ध गराइरहेका छन्। तर, बजारमा भने अभावको समस्या अझै हट्न सकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय